२४ असार २०८१ सोमबार
image/svg+xml
कला

बलिउड अभिनेत्री लीनाको पार्लरमा अज्ञात समूहद्वारा फायरिङ्ग

बलिउड चलचित्र ‘मद्रास कैफे’ र ‘बिरयानी’ मा काम गरेकी अभिनेत्री लीना मारिया पाँलको ब्यूटी पार्लर अगाडी बाइकमा सवार अज्ञात समूहद्वारा फायरिङ्क गरिएको छ। यसै समयमा अभिनेत्री पाँलले म सँग पैसा माग्नलाई चार वटा इन्टरनेट कल आएको संचारमाध्यमलाई जानकारी दिइन्।

यो जानकारी र घटनालाई लिएर त्यहाँको प्रहरीसमेत अनुसन्धानमा जुटेको छ। अनुसन्धानको प्ररम्भिक चरणमा प्रहरीले यो घटनामा कुनै ठुलो गिरहोको संलग्नता रहेको आशंका गरेको छ। प्रहरीले भन्यो,‘ यस्तो ओपन फयरिङ्ग गरेर ती अज्ञात समूह मानिसहरुबीच आफ्नो दबदबा बनाउँन खोजेका छन्।’

प्रहरीले थप्दै भन्यो,‘ अभिनेत्रीलाई पछिल्लो समय धम्कीपूर्ण कल र म्यासेज आइरहेको थियो तर उनले यसको उजुरी प्रहरीमा गरेकी थिइनन्। प्रहरीले यो घटना हिजो पौने ३ बजे भएको बताएको छ। प्रहरीका अनुसार दुई बाइकमा सवार अज्ञात समूहद्वारा अभिनेत्री पाँलके पनामपिल्ली स्थित  रहेको पार्लरमाथि बाहिरबाट फयरिङ्ग गरेका थिए। फयरिङ्ग भएको समयमा पार्लरमा सेवाग्रहीहरु रहेका थिए तर अभिनेत्री पाँल केही काम विशेषले शहरभन्दा टाँडा रहेकी थिइन्।

यो घटननामा कसैलाई कुनै क्षति भएको छैन्। यस घटनाको कारण पुरै इलाकामा त्रास फैलिएको छ।अभिनेत्री पाँलले भनिन्,‘ मलाई पछिल्लो एक महिनामा चार इन्टरनेट कल आएको हो । जो रवि पुजरा हुँ भन्दै दावी गरेका हुन्।’

आएका चार वाटैे कलमा उनीहरुले फरक–फरक पैसाको माग गरेको अभिनेत्री पालले बताइन्। उनले भनिन्,‘ घटनाको जाँच र सुरक्षाका लागि केरला उच्च न्यायालय जानेछु।’

प्रहरी त्यो क्षेत्रको सीसीटीभी फुटेज प्राप्त गर्ने प्रयासमा लागेको छ।अभिनेत्री पाँल हिन्दी र तमिल चलचित्रमा काम गरिसकेकी छन्। यसअघि अभिनेत्री पाँलमाथि गैरकानुनी काम गरेको आरोपमा मुद्दासमेत दर्ता भएको थियो। यो घटनामा अभिनेत्री पाँल र उनको बाँयफ्रेन्डलाई प्रहरीले २०१३ सालमा पक्राउ गरेको थियो। त्यतिखेर उनलाई ३ वर्षको सजाय भएको थियो।

 

प्रकाशित: २ पुस २०७५ ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App