१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

निर्मलाको न्यायका निम्ति कविता (भिडियो)

सिन्धुपाल्चोक- बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका निम्ति सिन्धुपाल्चोकका कवि एवम् सर्जकहरुले कबिता बाचन गरेका छन्।

शब्द सारथीको सुन्ने सुनाउने शृंखला अन्तर्गत उनीहरुले बिहीबार सदरमुकाम चौतारामा न्यायका लागि कबिता बाचन गरे हुन्। बलात्कारी पत्ता लगाइ कारबाही गराउन सरकारलाई दबाब दिने उद्देश्यले कबिहरुले रहेक साता गर्दै आएको श्रृंखलालाई यो पटक निर्मला न्याय विशेष बनाएका थिए।

निर्मलाको फोटो अंकित कालो टिर्सट लगाए कबिहरु टुँडिखेलचोकमा कबितामा निर्मला लिएर उत्रिएपछि झुम्मिएका बजारवासीले ऐक्यवद्धवता जनाए। २० कवि तथा सर्जकहरुले निर्मला न्यायका निम्ति कबिता बाचन गरे।

कबिहरु अमित घिमिरे, जीवन श्रेष्ठ, डम्बर रसिक, हेमन प्रधान, सुरेश बुढाथोकी फकिर, किश्मा किशोर, विजय नेपाल, धिताल चिरिच्याट्ट, सुन्दर शिरिस, सरिता थापा, नवराज रायमाझी, केदारनाथ दुलाल, बुद्धि आचार्य, सुशील आचार्य, दिल कार्की, दीपक उप्रेती, शंकर अधिकारी, सानु घलान, अविरल अप्रिय, सरिता थापाले विभिन्न बिम्ब र प्रतीकका माध्यमले सरकारप्रति कटाक्ष गरे।

कबितामार्फत उनीहरुले दोषी पत्ता लगाएर कारबाही गर्न माग गरे। निर्मला न्यायका लागि कवि मर्न तयार रहेको चेतावनी दिँदै केही सर्जकले सरकार पोलमा भेटिएको भन्दै व्यंग गरे भने केहीले सरकार ‘मरेको’ घोषणा गरे। ‘न्यायका लागि विकल्प खोज्न नपरोस्,’ उनीहरुले खबरदारी दिए।

प्रकाशित: २० मंसिर २०७५ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App