१० वैशाख २०८२ बुधबार
image/svg+xml १३:४५ अपराह्न
कला

‘सलल बगेको पानी’मा जस्मिन र विनोदको रोमान्स

काठमाडौं– चर्चित गायक डेबिट शंकरको ‘सलल बगेको पानी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। ‘छक्का पञ्जा ३’ को हिट गीत पहिलो नम्बरमा पछि उनको नयाँ गीत सलल बगेको पानी युट्युबमा रिलिज भएको हो। पहिलो नम्बर बोलको गीतबाट चर्चित बनेका गायक डेबिटको नयाँ गीतमा दिपक शर्माले संगीत भरेका छन् भने एरेन्ज उदयराज पौडेलको छ। 

यसअघि गायक डेबिटले आवाज दिएको ‘पञ्जेबाजा’ फिल्मको ‘घिनघिन मादल’ बोलको गीत पनि हिट भएको थियो। रिलिज भएको नयाँ गीतमा भने सुमन बैरागीको शब्द रहेको छ भने गायिका सहिमा श्रेष्ठका स्वर रहेको छ। 

नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई राजु अधिकारीले निर्देशन गरेका छन्। सुदीप बरालले छायांकन गरेको भिडियोमा जस्मिन श्रेष्ठ र विनोद न्यौपानेले अभिनय गरेका छन्।

 

प्रकाशित: २२ आश्विन २०७५ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App