१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

बालकथाका पाँच पुस्तक

काठमाडौं – वातावरण विषयका पाँच बालपुस्तक सार्वजनिक भएको छ । बाल बाङमय तथा अनुसन्धान केन्द्रबाट प्रकाशित पुस्तकमा ‘खैरो बकुल्ला’, ‘नागदहका माछा’, ‘रंगीन विष’, ‘इम्जाको झस्को’ र ‘लिटिल डायनो’ छन् । पुस्तकका लेखक क्रमशः प्रमोद प्रधान, गंगादेवी कसजू, विजयराज आचार्य, मञ्जु ज्ञवाली र अनन्त वाग्ले हुन्।

पुस्तक सार्वजनिक गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वातावरण र भूमण्डलीय तापमान वृद्धि अहिलेको जल्दोबल्दो समस्या रहेकाले विद्यार्थीहरुलाई शिक्षित तथा अभिप्रेरित गर्नको लागि पुस्तक प्रभावकारी हुने बताए । उनले आगमी पाठ्यक्रममा वातावरण विषयलाई आधारभूत तहदेखि समावेश गरिने जानकारी दिए।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रममा देशीय निर्देशक रेनाउड मेयरले वातावरणीय समस्याजस्ता विज्ञानका विषयलाई कथाको माध्यमबाट बुझ्न सजिलो हुने बताए । केन्द्रका अध्यक्ष तथा पुस्तकका सम्पादक विनय कसजूले नेपालमा भूमण्डलीय तापक्रमको प्रभाव भयावह रुपमा पर्न सक्ने र यसका लागि विद्यार्थीहरुलाई वातावरण संरक्षणका विषयमा शिक्षित गराउन पुस्तक तयार पारिएको बताए । पुस्तकको प्राडा चूडामणि बन्धु र प्राडा तारानिधि भट्टराईले समिक्षा गरेका थिए।

 

प्रकाशित: २७ श्रावण २०७५ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App