२८ श्रावण २०७७ बुधबार
कला

‘भारत’ छोडेकी प्रियंका हलिउड फिल्ममा अनुबन्ध

मुम्बई– सलमान खानको फिल्म ‘भारत’बाट हात झिकेकी प्रियंका चोपडा हलिउड फिल्ममा अनुबन्ध भएकी छिन्। कमिक बुकमा आधारित फिल्म ‘काउब्वाई निन्जा वाइकिङ्ग’मा प्रियंकाले साइन गरेकी हुन्।

फिल्मको लिड रोलमा क्रिस प्राट छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फिल्म इमेज कमिक ग्राफिक्स नोबेलमा आधारित छ। फिल्ममा प्रियंका क्रिसको प्रेमिकाको भुमिकामा देखिनेछिन्। यो फिल्म अर्काे वर्ष प्रदर्शनमा आउनेछ।

अमेरिकी गायक निक जोनस सँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी ३६ वर्षीया प्रियंका सेप्टेम्बरमा विहे गर्ने तयारीमा छिन्। विहेकै लागि उनले सलमानको फिल्म छाडेको बताइन्छ। 

यसअघि प्रियंकाले हलिउडका ३ प्रोजेक्ट बेबाँच, क्वांटिको, ए किड लाइक ज्याक’मा काम गरेकी छिन्। उनको हलिउडमा अर्काे प्रोजेक्ट ‘इजन्ट इट रोमान्टिक’ रहेको बताइएको छ। यसमा उनी रिबेल विल्सनसँग देखिनेछिन्।

प्रकाशित: १६ श्रावण २०७५ १६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App