२ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

‘ओपन टु मोर’मा लाहुरे र विपुल जोडिए

काठमाडौं – विश्वभरका सांगीतिक क्षेत्रका राम्रा कलाकारको खोजी गरी डिप्लो र मोको सहकार्यमा नयाँ सांगीतिक ट्रयाक बनाउन लागिएको ‘टुबोर्ग ओपन’मा नेपाली कलाकार -यापर लाहुरे र गायक विपुल क्षेत्री पनि जोडिएका छन्। डेनिस ब्रान्ड टुबोर्गको ‘टुबोर्ग ओपन’को सहयोगले ‘ओपन टु मोर’ अभियानमार्फत स्थानीय कलाकारबाट मानिसहरूलाई अभियानमा प्रेरित गराउन सांगीतिक कार्यक्रम गर्नेछन्।

-यापर लाहुरेले टुबोर्गले सधैं नेपालमा सांगीतिक सहकार्य र कार्यक्रमम गरेको स्मरण गर्दै टुबोर्ग ओपनले विश्वभरको संगीतकारलाई  अन्तर्राष्ट्रि«य मञ्चमा ल्याएको बताए। ‘टुबोर्ग ओपनमा डिप्लो, मो र बिपुलसँग काम गर्न पाउँदा भाग्यमानी महसुस गरिरहेको छु र उत्साहित पनि छु। यस अभियानबाट, बिपुल र म ओपन फर मोरका लागि टुबोर्ग इन्टरनेसनलसँग केही नयाँ रचना प्रस्तुत गर्दैछौं ’ उनले भने।

विपुलले टुबोर्ग नेपाल संगीत र सांगीतिक अभियानको सधैं समर्थक रहेको जनाउँदै डिप्लो, मो र लाउरेसँगको सहकार्यमा सहभागी हुन पाउँदा उत्साहित भएको जनाए। ‘मेरो लागि संगीत भनेको खुल्ला सोच हो। जुन बिना हामी कला सिर्जना गर्न सक्दैंनौ। मेरो लागि टुबोर्ग ओपन कोलाब्रेशन् सिर्जनात्मक कलालाई संगीतको माध्यमबाट बढाउनु हो,’उनले भने,‘संगीत भनेकै नयाँ कुराहरू सिक्नु र नयाँ विचार खोज्नु हो। संगीतको माध्यमबाटै हामीले डिप्लो र मो जस्ता कलाकारहरूसँग सहकार्य गर्न पायाैं।’

अघिल्लो वर्षको अभियानमा अमेरिकी निर्माता तथा डिजे डिप्लो थिए। यसपटक उनले डेनमार्कका कलाकार मोसँग सहकार्य गरेका छन्। उनीहरू मिलेर ‘स्टे ओपन’  नामक ट्र«याक रचना गरेका छन् जसमा विश्वभरका कलाकारलाई ‘ओपन टु मोर’हुनुको औचित्य, आफ्नै शब्दमा प्रस्तुत गरी पुनःलेखन गर्न आव्हान गरिएको छ।

डिजे तथा गायक ईभान र्डोन रसियासँग काम गर्दैछन् भने भारतसँग विशाल डढलानी संलग्न भएका छन्। गायक–गीतकार लेभान्टेले इटालीमा हुने अभियानको नेतृत्व गर्नेछन्।

अभियानको विश्वव्यापी ट्र«याक  ११ मे २०१८ मा सार्वजनिक गरिएको थियो भने स्थानीय ट्र«याक जुनमा रिलिज हुनेछ। गोर्खा ब्रुअरी मार्केटिङ निर्देशक बैभव शर्माले अभियानमा सहभागी हुनु नेपाली कलाकारका लागि ठूलो अवसर भएको बताए।

प्रकाशित: ४ जेष्ठ २०७५ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App