१ श्रावण २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘पञ्चायत’ को सिजन ४ रिलिज हुँदै

दर्शकले व्यग्र प्रतीक्षा गरिरहेको लोकप्रिय भारतीय वेब सिरिज ‘पञ्चायत’ को चौथो सिजन मंगलबार मध्यरातदेखि अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुँदैछ।

ग्रामीण भेगको सामान्य जीवन, फुलेरा गाउँको राजनीतिक सरगर्मी र मानवीय संवेदनाको सरल प्रस्तुतिले चर्चित यस सिरिजको नयाँ सिजन चुनावको महासङ्ग्राममा केन्द्रित हुनेछ।

यस सिजनको मुख्य कथावस्तु फुलेराको प्रधान पदका लागि हुने चुनाव हो। जहाँ एकातिर वर्तमान प्रधान मञ्जुदेवीको टिम छ भने, अर्कोतिर उनीहरूलाई टक्कर दिन क्रान्तिदेवीको टिम छ।

‘द भाइरल फिभर’ (टिभिएफ) द्वारा निर्मित यो सिरिज आफ्नो सरल कथा, जीवन्त पात्र र ग्रामीण भारतको यथार्थपरक चित्रणका लागि परिचित छ।

चौथो सिजनमा जितेन्द्र कुमार (सचिव अभिषेक त्रिपाठी), नीना गुप्ता (मञ्जुदेवी), रघुवीर यादव (प्रधानजी बृजभूषण दुबे), फैसल मलिक (प्रल्हाद) र चन्दन रोय (विकास) लगायतका सबै मुख्य कलाकारहरू आफ्नो भूमिकामा फर्किएका छन्।

‘पञ्चायत’ ले भारतको ग्रामीण भेगको सामान्य जीवन, त्यहाँको राजनीति, सरकारी कामकाजको सुस्तता र मानवीय सम्बन्धलाई अत्यन्तै रमाइलो र मार्मिक ढंगले प्रस्तुत गरेको छ।

ठूला सहरको कोलाहलबाट टाढा, एउटा सानो गाउँको दैनिक जीवन, त्यहाँका सानातिना समस्या र सम्बन्धको मीठो चित्रणले यसलाई दर्शकमाझ लोकप्रिय बनाएको हो।

यस सिरिजले अनावश्यक हिंसा र तडकभडकबिना पनि उत्कृष्ट कथा भन्न सकिन्छ भन्ने प्रमाणित गरेको छ।

प्रकाशित: ९ असार २०८२ २२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App