९ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

मेरा बुबाहरू

लघुकथा

अमेरिका सबै कुरा नौलानौला देख्न र सुन्न पाइने देश रहेछ जस्तो उनलाई लागिरहेको छ। उनी पनि युवती नै हुन्। उमेर पच्चीस वर्ष मात्र हो। बाल्यकालदेखि पढाइमा अब्बल भएकाले माद्यामिक विद्यालय सकिनेबित्तिकै छात्रवृत्तिमा अमेरिका पढ्न आउन पाउने मौका मिल्यो।आमाले त ‘छोरीलाई एक्लै त्यति टाढाको देश पठाउन हुन्न भन्दै थिइन् तर बाबाले हुर्केका छोराछोरी आफ्नो पौरखले शिक्षा आर्जन गर्न संसार घुम्नुपर्छ। छोरी पनि जान्छे। धेरै पढेर नाम आर्जन गरेर हाम्रो शिर उचा गराउँछे‘ भनेर पठाए।

आउनेबित्तिकै एक महिना जति नेपालकी मिल्ने साथीकी दिदीले बस्न दिएकीले सजिलै भयो। त्यसपछि उनलाई नयाँ ठाउँ, चालचलन सबै थोक नयाँले गर्दा अलि गाह्राे भयो। तिनै साथीकी दिदीले हप्ताको दुई दिन तोकिएको घन्टा एउटा घरमा सरसफाइ गर्ने र पाँच बर्से केटालाई पार्क लगेर घुमाउने काम मिलाइदिइन् घन्टाको १० डलर आउने गरी।

त्यति पैसा त्यसबेला उनका लागि ठूलो मद्दत भयो। उनी काम गर्न गएको बेला घरमा त्यो सानो केटो माइक मात्र हुन्थ्यो। ऊ घुम्न जान तयार भएर कुरेर बसेको हुन्थ्यो। उनले घन्टी बजाउनेबित्तिकै ऊ बाहिर निस्कन्थ्यो। उसकाे साइकल, स्कुटर, स्ट्रोलर बाहिरै ग्यारजमा हुन्थ्यो। जे चाहिनेमा माइक बस्दथ्यो त्यही उनी गुडाएर लान्थिन्। घुमेर फर्किएपछि घण्टी बजाउनेबित्तिकै ढोका खुल्थ्यो। माइकभित्र पस्दथियो। उनी बाईबाई भन्दै कोठातिर जान्थिन्।

उनीले दुई हप्ताको एकपटक काम गरेको पैसा पाउने भनेको थियो। दुई हप्ता पुगेको दिन उनको त्यहाँ काम थिएन। खाली तलव लिन भनेर त्यहाँ पुगिन्। घण्टी बजाइन्। माइकले नै ढोका खोल्यो। ऊ खुशी हुँदै ‘तिमी आज किन आएको? अहिले म स्कुल जान लागेको। स्कुलबाट आएपछि मेरा दुवै बुबा उहाँहरूले बिहे गर्नुभएको छ। आज घरमै हुनुहुन्छ। म उहाँहरूसँगै खेल्छु, स्टोरी सुन्छु र सुत्छु’ भन्यो।

प्रकाशित: ५ वैशाख २०८२ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App