९ वैशाख २०८२ मंगलबार
image/svg+xml
कला/संस्कृति

डिभोर्सबारे अरुणिमा भन्छिन्: झूटो मान्छेसँग जीवन बिताउनुभन्दा सिङ्गल नै बस्छु

अभिनेत्री अरुणिमा लम्सालले पति युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेको बताएकी छिन्। केही समयअघि देखि उनको विवाह पनि संकटमा परेको भन्ने समाचारहरू बाहिर आइरहेको थियो। सो कुरालाई लम्सालले स्वीकारेकी छिन्।

नेपाल आएकी अरुणिमाले विभिन्न सञ्चारमाध्यमले लिएको अन्तर्वार्तामा आफूले पति युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेको बताएकी हुन्। तर पति श्रेष्ठ सम्बन्धविच्छेदका लागि सहमति नभएको पनि उनले बताएकी छिन्।

‘विवाहअघि जे सुनिएको थियो, त्यो सबै राम्रो थियो । तर पछि सबै गलत मात्रै सुनियो । यस्तो झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिङ्गल नै बस्छु भनेर यो निर्णय लिएँ। सम्बन्धविच्छेदको मुद्दा दायर गरेको ७,८ महिना भइसक्यो। तर उहाँले मान्नुभएको छैन। किन मान्नुभएन भन्ने कुरा मलाई थाहा छैन’ उनले भनिन् ।

उनले ५ महिनादेखि युवराजसँग कुराकानी नभएको पनि बताइन् । युवराजले आफूसँग विवाह गर्नुको उद्देश्य अमेरिका जानु मात्र रहेको आरोप उनको छ ।

२०८१ सालको भदौ ३ गते काठमाडौंको राम मन्दिरमा उनीहरूले धार्मिक विधिअनुसार विवाह गरेका थिए । त्यसअघि सुनसरी जिल्ला अदालतमा कानुनी विवाह गरेका थिए ।

छोटो समयको चिनजानपछि परिवारको पहलमा भएको यो विवाहको केही दिनमै अरुणिमा अमेरिका फर्किएकी थिइन् । विवाहपछि पनि आफू अहिलेसम्म युवराजको मूल घरमा समेत नगएको अरुणिमा बताउँछिन् ।

युवराजले भने अहिलेसम्म यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित: २ वैशाख २०८२ १४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App