१६ चैत्र २०८० शुक्रबार
कला

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

काठमाडौं- पत्रकार किशोर पन्थीले महाभूकम्प २०७२ का घटना समेटिएको आफ्नो पुस्तक 'कम्पन' ल्याएका छन्।  

पुस्तकमा भूकम्प पीडित, भूकम्पमा परेर जीवित र उद्दारकार्यमा सहभागिहरुका कथा समेटिएको छ। भूकम्प पछिको त्रास मात्र नभएर आशा देखाउनको लागि पुस्तक लेखिएको पन्थीले बताए। उनले भूकम्प प्रभावित जिल्ला तथा भूकम्प पीडितहरु, राहत उद्दारमा खटिएकाहरुसँगको कुराकानीको आधारमा पुस्तक लेखिएको बताए।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूकम्प पछिको पुननिर्माणले गति लिन नसकेको चिन्ता व्यक्त गरे। भूकम्प पछि पुननिर्माणको अवसर भए पनि त्यसो हुन नसकेको उनको भनाई थियो।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भूकम्पले देशको विकासमा ठूलो क्षति पुर्याएको बताए। विनासकारी भूकम्पको इतिहासको रुपमा पुस्तक आएकोमा उनले खुसी व्यक्त गरे।

प्रकाशित: १० वैशाख २०७५ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App