६ माघ २०८२ मंगलबार
image/svg+xml
कला/संस्कृति

ऋण ऋणै हो समयमै तिर्न गाह्रै पर्न सक्छ, कला हुनुपर्छ ढाँटेर भाखा सार्नलाई पनि!

मुक्तक

१) मुक्तक

पानी छैन तर धारा सावर बनाइयो,

बास, गाँस नभए नि टावर बनाइयो।

वर्षौका समय त्यत्तिकै बित्यो हजुर,

काम गर्ने बेला अन्तिम आवर बनाइयो।

२) मुक्तक

भोकै छ ट्याङ्की जति पिएर पनि,

सकिंदैन धारा जति दिएर पनि।

बाध्यता सबैका आआफ्नै हुन्छन्,

थाक्दैन सियो जति सिएर पनि।

३) मुक्तक

सीप जरूर चाहिन्छ गोरू नार्नलाई पनि,

हिम्मत चाहिन्छ हाँसीहाँसी हार्नलाई पनि।

ऋण ऋणै हो समयमै तिर्न गाह्रै पर्न सक्छ,

कला हुनुपर्छ ढाँटेर भाखा सार्नलाई पनि।

४) मुक्तक

कपाल बाबियो झैं झाँगिएका पनि भेटिए,

गाँजा भाङले खुट्टा बाँगिएका पनि भेटिए।

गजबै हुने रहेछ पवित्र शिवरात्रिमा हजुर,

लाजशरम हराई पूरै नांगिएका पनि भेटिए।

५) मुक्तक

टाढा हुन खोज्यो फिदा भैदिन्छ,

हाजिर लाएपछि बिदा भैदिन्छ।

सोझो औलाले घ्यू आउँदैन रे,

बङ्ग्याउन खोज्यो सिधा भैदिन्छ।

प्रकाशित: १७ फाल्गुन २०८१ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App