गायिका सङ्गीता मस्राङ्गी मगर र गायक प्रल्हाद तिमल्सिनाको 'मगरकी छोरी' गीत सार्वजनिक भएको छ।
मीन बहादुर थापाले लेखेको गीतमा बसन्त सापकोटाले सङ्गीत भरेका छन्। 'सङ्गीता मस्राङ्गी मगर' युट्यूबबाट सार्वजनिक भएको गीतमा एरेञ्ज कृष्ण बीके 'भान्जा'को छ भने मिक्सिङ/मास्टरिङको काम कुमार रानाले गरेका छन्।
गीत मारूनी स्टूडिओमा सुमन रानाले रेकर्ड गरेका हुन्। भिडिओमा अस्मिता राना र बीआर मित्र फिचर्ड छन्।
भिडिओ हेर्नुस्-
प्रकाशित: १९ माघ २०८१ १९:०४ शनिबार