८ फाल्गुन २०८१ बिहीबार
image/svg+xml ९:५२ पूर्वाह्न
कला

‘एक्टर टेक वान’ को प्रदर्शन अवरोध हट्यो, शुक्रबारदेखि ‘हल’ मा

चलचित्र ‘एक्टर : टेक वान’ को विषयमा उत्पन्न विवाद अन्ततः समाधान भएको छ। बिहीबार दुई पक्षबीच सहमति भएसँगै चलचित्र प्रदर्शनको बाटो खुलेको हो।

‘एक्टर : टेक वान’ विरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घनको दाबी गर्दै ‘एक्टर’ फिल्मका निर्माताले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। सोही आधारमा अदालतले मंगलबार अल्पकालीन आदेश जारी गर्दै फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएको थियो।

तर, बिहीबार ‘एक्टर’ का निर्माता तथा ‘एक्टर : टेक वान’ का निर्माण पक्षबीच लामो छलफलपछि सहमति जुटेको छ। सहमतिअनुसार ‘एक्टर’का निर्माताले मुद्दा फिर्ता लिने निर्णय गरेका छन्।

‘एक्टर : टेक वान’का निर्माता थमन भण्डारीले विवाद समाधान भएसँगै फिल्मलाई रिलिज गर्ने बाटो खुलेको जानकारी दिए। ‘अब कुनै कानुनी अड्चन छैन, हामी फिल्म निर्धारित मितिमै प्रदर्शन गर्दैछौं,’ उनले भने।

निर्माताहरूबीच सहमति जुटेपछि निर्माण कम्पनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फिल्म प्रदर्शन खुला भएको पुष्टि गरेका छन्। ‘एक्टर : टेक वान’ भोली (शुक्रबार) देखि रिलिज हुने भएको छ।

प्रकाशित: १७ माघ २०८१ १६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App