७ माघ २०८१ सोमबार
image/svg+xml
कला

गीतकार मुकारुङकाे ‘यतै अल्मलिएँ’ काे लाेकार्पण

गीतकार संघ नेपालले वरिष्ठ गीतकार शुभ मुकारुङकाे दोस्रो गीतिसंग्रह ‘यतै अल्मलिएँ’काे लाेकार्पण गरेकाे छ।

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासीकाे अध्यक्षतामा उक्त गीतिसंग्रहकाे लाेकार्पण भएकाे हाे।

कार्यक्रममा वरिष्ठ गीतकार पूर्वमन्त्री एसपि कोइराला, गीतकार संघका पूर्व अध्यक्ष चुडामणि देवकोटा, गीतकार अमर बान्तु, सांस्कृतिकविद् भक्त राई, माननीय हेमराज राई, वरिष्ठ गीतकार श्रवण मुकारुङ, वरिष्ठ गायक दिलेन्द्र मुकारुङ लगायतले कृतिकाे लाेकार्पण गरेका हुन्।

कार्यक्रममा वरिष्ठ गीतकार शितल कादम्बिनी, प्राज्ञ चन्द्र रानाहँछा, चर्चित गीतकार विपिन किरण लगायतकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा गीतकार संघ पूर्व अध्यक्ष चुडामणि देवकोटाले शुभ मुकारुङकाे लाेकार्पित कृति पठनीय रहेकाे बताए। गीतकार संघलाई उचाइमा पुर्‍याउन उनकाे महत्त्वपूर्ण भूमिका रहेकाे पनि देवकाेटाले बताए।

वरिष्ठ गीतकार अमर बान्तुले ‘गीतकार शुभ मुकारुङका गीतमा माैलिकपन रहेकाे बताए। त्यस्तै सांस्कृतिकविद् भक्त राईले गीतकार राई सफल गीतकार भएकाे बताए।

त्यस्तै विशेष अतिथि वरिष्ठ गीतकार तथा पूर्वमन्त्री एसपि कोइरालाले संग्रहका गीतले समाजकाे जीवन्त तस्वीर प्रस्तुत गरेकाे बताए।

प्राज्ञ राजन मुकारुङले ‘यतै अल्मलिएँ’ कृतिले गीतकार शुभलाई अल्मलाएको होइन, उभाएको छ र समाजको चेत खोल्नुपर्छ भन्ने लेखकमा जिम्मेवारी बाेध गराएको बताए।

गीतकार संघ उपाध्यक्ष वरिष्ठ गीतकार रमेश कोइरालाले चलाएकाे कार्यक्रममा गीतकारकाे छाेरा रियोङहाङ मुकारुङको जन्मदिन रहेको थियाे।

प्रकाशित: ७ माघ २०८१ १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App