३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

आयुमीको ‘आफैंलाई’ गीत सार्वजनिक

अस्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गरेकी छन्।

आर्मी अफिसर्स क्लबमा एक कार्यक्रमका बीच उनले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरेकी थिइन्। सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ।

गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो। भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गरेकी छन्। आयुमी दुई वर्षअघि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गरेकी थिइन्।

सङ्गीतमा उनी आफ्नो परिवारको तेस्रो पुस्ता हुन्। उनकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीत जस्ता गीतकी लोकगायिका थिइन् भने बाजे लोकबहादुर तामाङ लोकगायक थिए।

आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत सङ्कलकका रूपमा परिचित हुन्। नयाँ गीतबारे बोल्दै आयुमीले ‘आफैँ’ लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताइन्।

प्रकाशित: १६ मंसिर २०८१ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App