३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना

पोखरा महानगरपालिका-३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ। कोष स्थापना भएसँगै त्यसमा ३० लाख रूपैयाँ दाखिला पनि भएको छ।

विभिन्न सङ्घसंस्था प्रतिष्ठान एवं व्यक्तिहरूबाट अक्षयकोषमा रकम दाखिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिए। अक्षयकोषमा कम्तीमा एक करोड रूपैयाँ पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले १० लाख, धनबहादुर थापाले एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले ५१ हजार १११,  वासुदेव  तिवारीले ५० हजार, खगराज अधिकारीले ३७ हजार र विष्णुमाया पण्डितले १५ हजार रूपैयाँ प्रदान गरेकाे उनले बताए।

प्रकाशित: १६ मंसिर २०८१ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App