१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

कथाकार पाण्डेको ‘प्रच्छन्न इन्द्रिय’ लाेकार्पण

लेखक तथा जेष्ठ नागरिक समाजका केन्द्रीय सदस्य शिवप्रसाद पाण्डेको पहिलो कथासंग्रह ‘प्रच्छन्न इन्द्रिय’ को राजधानीमा आयोजित एक समारोहमा लाेकार्पण भएको छ।

वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर, व्यंग्य लेखक लक्ष्मण गाम्नागे, समालोचक ज्ञानु अधिकारी र कथाकार शिवप्रसाद पाण्डेले कृतिकाे संयुक्त रूपमा लाेकार्पण गरेका थिए।

कथाकारले पुस्तकमा आफ्नो समय र अनुभव अनुसारको समाज कथ्य रूपमा प्रस्तुत भएको बताए। हरेक कथाले सामाजिक परिवेश चित्रण गरेको पनि उनले बताए।

साहित्यकार डा. रवीन्द्र समीरले ६८ वर्षको उमेरमा पहिलो कथासंग्रह निकालेर कथाकारले सबैलाई प्रेरणा दिएको बताउँदै हरेक कथामा कथाकारले आफूले सुनेको, देखेको, भोगेको तथा अध्ययन गरेको विषयलाई जनजिब्रोको भाषामा लेखेको बताए।

समीक्षक ज्ञानु अधिकारीले शिवप्रसाद पाण्डेका कथामा अर्गानिक स्वाद रहेको तथा व्यंग्यात्मक चेत उत्कृष्ट रहेको बताइन्।

सिस्नुपानी नेपालका अध्यक्ष तथा व्यंग्य लेखक लक्ष्मण गाम्नागे, योग गुरु दिग्विजय आनन्दले पनि बोलेको उक्त कार्यक्रमको सभापतित्व जेष्ठ नागरिक समाजका केन्द्रीय अध्यक्ष चिरन्जीवी कंडेलले गरेका थिए।

उक्त लाेकार्पित कृति ‘प्रच्छन्न इन्द्रिय’ मन्जरी प्रकाशनले बजारमा ल्याएको हो।पुस्तकको मूल्य ३७५ रूपैयाँ रहेको छ।

प्रकाशित: १३ मंसिर २०८१ ११:३४ बिहीबार

# Jesstha Nagarik Samaj # Sisnupani Nepal # Reviewer Gyanu Adhikari #Writer Dr. Rabindra Sameer