२ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

डा. रेणुका सोलुको ‘तुइन जिन्दगी’ दोस्राे संस्करणकाे विमर्श

साहित्यकार डा. रेणुका सोलुको  ‘तुइन जिन्दगी’ संस्मरणात्मक निबन्धसङ्ग्रहकाे दोस्रो संस्करण विमर्श भएकाे छ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा शान्ति रिसाल, प्राडा रामप्रसाद ज्ञवाली र प्राडा ज्ञानु पाण्डे कृतिबारे बाेलेका थिए।

साहित्यकार शान्ति रिसालले नारीहरूको सङ्घर्ष र त्यसको महत्त्वलाई कृतिमा गहन रूपमा प्रस्तुत गरिएकाे बताइन्।

प्राडा रामप्रसाद ज्ञवालीले ‘तुइन जिन्दगी’ ले पितृसत्तात्मक समाजको कुरूपता र नारी संघर्षकाे कथालाईराम्राेसँग अभिव्यक्त गरेकाे बताए।

त्यस्तै प्राडा ज्ञानु पाण्डेले कृतिले सङ्घर्ष र सफलताको  प्रस्तुत गरेकाले  संघर्षले मात्रै जीवन सार्थक हुने भएकाले सकारात्मक सन्देश दिने बताए।

कार्यक्रममा समाजसेवी, व्यवसायी तथा नेपाली काँग्रेसका नेता प्रकाश सिंह कार्कीले  सगरमाथा र शेर्पाहरूले चिनाएको सोलुखुम्बुलाई डा. रेणुका सोलुले लेखनको माध्यमबाट चिनाएकाे बताए।

कार्यक्रममा डा. रेणुका सोलु बाबाआमालाई सम्झिएर भावुक बनिन्। उनले पाठकले मन पराएकै कारण ‘तुइन जिन्दगी’काे दोस्रो संस्करण प्रकाशन गर्न सफल भएको बताइन्।

साहित्यकार कल्पना काफ्लेले सञ्चालन गरेको कार्यक्रममा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, तुइन जिन्दगी पुस्तकका प्रकाशक भुँडी पुराण प्रकाशनका अध्यक्ष केशव पराजुली, समाजसेवी विष्णुप्रसाद तिमिल्सिना, चन्द्र बहादुर खत्री, बलबहादुर थापा लगायत सयाैंको उपस्थिति रहेको थियो।

डा. सोलुको यसअघि ‘भीरमह’, ‘चिराक’ लगायतका १० कृति प्रकाशित छन्। मानव अधिकारकर्मी तथा समाजसेवामा समर्पित डा. सोलुले सामाजिक विषयवस्तुलाइ अनेक कोणबाट कलात्मक रूपमा प्रस्तुत गर्न सिपालु रहेकी छन्।

प्रकाशित: २ मंसिर २०८१ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App