४ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

स्रष्टा इन्द्रप्रसाद खाइतुको ‘इन्द्रिय रङ्गहरू’ लाेकार्पण

शैक्षिक अभियन्ता तथा लेखक इन्द्रप्रसाद खाइतुको दोस्रो कृति ‘इन्द्रिय रङ्गहरू’ आत्मकथा, गुरु वन्दना गीत र पाठशाला गान एकसाथ लोकार्पण गरिएको छ।

‘इन्द्रिय रङ्गहरू’ कृति प्राडा चैतन्य मिश्रले लोकार्पण गरेका हुन् भने पाठशाला बोलको म्युजिक भिडियो र गुरु वन्दना गीत प्राध्यापक मधुसुदन सुवेदी र  प्रदिप क्षेत्रीले क्रमश: लोकार्पण गरेका थिए।

गुरु वन्दना गीत जितेन्द्र रसिकले गाएका छन् भने संगीत राज सागरको रहेको छ। त्यस्तै पाठशाला गानमा स्वर आहाना खाइतुको रहेको छ भन संगीत जितेन्द्र रसिकको रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि प्राडाचैतन्य मिश्रले ‘इन्द्रिय रङ्गहरू’ समयको दस्तावेज भएको बताए। त्यस्तै प्राध्यापक मधुसुदन सुवेदीले इन्द्रप्रसाद खाइतु फरक तर सरल स्वभावको लेखक भएको बताए।

कार्यक्रममा ‘वी क्या एडुकेश्नल’ नेपालका अध्यक्ष रत्न राई, नेपाल नर्सिङ काउन्सिलका पूर्व अध्यक्ष दयालक्ष्मी जोशी, जितेन्द्र रसिक र सरस पाठशालाका प्रधानाध्यापक सञ्चिता तामाङले लेखक खाइतुको कृतिबारे टिप्पणी गरेका थिए। उनीहरूले ‘इन्द्रिय रङ्गहरू’ असल मानव, असल विद्यार्थी र असल समाज निर्माणका लागि मात्र नभई व्यावहारिक शिक्षा पद्धतिका लागि सुझाइएको उक्त कृति सबैका लागि उपयोगी र महत्त्वपूर्ण रहेको बताए।

कृतिमा समयसमयमा भएका राजनीतिक परिवर्तनले नेपाली शिक्षा क्षेत्रमा पारेका प्रभाव र वर्तमान शिक्षाबारे चित्रण गरिएको छ भने नेपालको शिक्षा क्षेत्रका समस्या, सम्भावना र अवसरहरू ओैंल्याइएको छ।

कार्यक्रममा कृतिबारे लेखक खाइतुसँग जितेन्द्र रसिकले अन्तरसंवाद गरेका थिए। पुस्तकको मूल्य ४५० रूपैयाँ रहेको छ। लोकार्पणको अवसरमा २५०रूपैयाँमा पुस्तक विक्री गरिएको थियो।

प्रकाशित: १ मंसिर २०८१ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App