नेपाली चलचित्र ह्रस्व दीर्घको ट्रेलर सार्वजनिक भएको छ।बुधवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो।
हरिहर अधिकारी र निता ढुङ्गानाको मुख्य अभिनय रहेको चलचित्रमा भारतीय कलाकार ब्रह्मानन्द लगायतको पनि अभिनय रहेको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री निता ढुङ्गानाले आफूले भन्दा पनि फिल्मले बोल्ने बताइन। उनले दुई दुई वर्ष लगाएर चलचित्र बनाएको र दर्शकको कृपाले राम्रो हुने बताइन। अभिनेता हरिहर अधिकारीले दर्शकको साथ र सहयोगले मात्रै आफूलाई अभिनयमा सन्तुष्टि मिल्ने बताए। चलचित्रमा मेहनत गरेको र फिल्मले बाँकी कुरा बोल्ने बताए।
कार्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा लगानी अभिनेत्री ढुङ्गानाको रहेको छ।निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन्।
सिनेमामा हरिहर अधिकारी, निता ढुंगाना, ब्रह्मानन्द, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ।अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् ।
प्रकाशित: २१ कार्तिक २०८१ १९:५४ बुधबार