७ कार्तिक २०८१ बुधबार
image/svg+xml
कला

समीरको साथमा सन्तोष: बालेनको जस्तै हो फिल्ममा समिरको उदय

फिल्म निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्म क्षेत्रमा समीर भट्टको उदय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उदयजस्तै भएको बताएका छन्।

बुधबार फेसबुक पेजमा एउटा लामो भिडियो राख्दै सेनले  फिल्म क्षेत्रमा समीर भट्टको उदय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उदयसँग तुलना गरेका हुन्।

उनले भने, 'समीर भट्टको उदय भनेको महानगरमा बालेन्द्र साहको उदय भएजस्तै हो। उनी पूर्ण रुपमा तयार भएर आएका मान्छे हुन्। तर कोहि पनि खुशी छैनन्।'

उनले समीर भट्टको उदयमा कसैले साथ नदिएको पनि बताएका छन्। उनले भने, ‘विराज भट्टजस्तो सुपरस्टारले आफ्नो छोरालाई १०-१५ वर्षसम्म तयार पारेर विश्व के हो भनेर हिंड्ने डुल्ने उमेरमा ट्रेनिङमा हालेर योद्धा बनाउनु चानचुने कुरा हो ? समीरलाई घुम्न मन थिएन होला र ? उसले दिनरात ट्रेनिङ गर्नुपर्ने केको लागि रु यहाँ त रिलिज भएको २-३ दिन भयो, सपोर्ट गर्ने कोही निस्किंदैन।’ 

उनले समीर भट्ट नेपाली फिल्मलाई विश्वमा चिनाउने कलाकार बन्ने दाबी गरे। ‘एउटा नयाँ अनुहार आएको छ, यसलाई कसरी ब्रान्डिङ गर्ने रु अब यो मान्छे भनेको नेपाली चलचित्र क्षेत्रमा मात्रै होइन। अब विश्वमा चिनाउने नयाँ नेपाली कलाकार एउटा मात्रै हुन्छ’ सेनले भने।

प्रकाशित: ७ कार्तिक २०८१ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App