७ कार्तिक २०८१ बुधबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप: बंगलादेशसँग हार्‍यो भारत

तस्बिर: एन्फा।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेशसँग भारत पराजित भएको छ।

समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई  ३ -१ गोलले पराजित गरेको हो। यो जित पछि बंगलादेश समूहको विजेता भन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने भारत पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। आजको नतिजापछि पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ।

यस समूहमा पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो। त्यसैगरी पाकिस्तान र बंगलादेशबीचको खेल बराबरीमा सकिएको थियो।

बिहीबार समूह बी को अन्तिम खेल हुनेछन्। पहिलो खेल दिउँसो १:३० बजे भुटान र माल्दिभ्सबीच हुनेछ। दोस्रो खेलमा साँझ ५:३० बजे नेपाल र श्रीलंकाबीच हुनेछ।

नेपाल र भुटानको २-२ खेलमा समान ४-४ अंक छ। गोलअन्तरमा नेपाल अघि छ। श्रीलंकाको २ खेलमा ३ अंक तथा माल्दिभ्स अंकविहिन छ। यस समूहको विजेताले सेमिफाइनलमा भारतको सामना गर्नेछ। दोस्रो हुने टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ७ कार्तिक २०८१ १९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App