२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

चन्द तथा विमल सम्मानित

काठमाडौं– साहित्यकार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द  र आख्यानकार राजेन्द्र विमललाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

साहित्य पत्रकार संघले राजधानीमा सोमबार एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमल र चन्दलाई सम्मान तथा पुरस्कार प्रदान गरे।

३६ औं कथा दिवसको अवसर पारेर आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा साहित्यकार चन्दलाई ‘मैनाली कथा सम्मान’ र आख्यानकार विमललाई ‘मैनाली कथा पुरस्कार’ प्रदान गरिएको हो । दुवै स्रष्टाले सम्मानपत्र, दोसल्ला, टिका र माला पाउँदा आख्यानकार विमललाई चाहिँ नगद १ लाख १ हजार १ सय ११ रुपैंयाँ प्रदान गरिएको थियो।

कार्यक्रममा सम्मानित तथा पुरस्कृत स्रष्टाले नेपालमा साहित्यिक पत्रकारिताको योगदानको स्मरण गर्दै आफूहरुलाई सम्मान गरेकोमा आभार व्यक्त गरे । प्रमुख अतिथि उप्रेतीले साहित्यिक स्रष्टालाई सम्मान र पुरस्कृत गर्दा उनीहरुमा नयाँ जोश आउने बताए । संघका अध्यक्ष राधेश्याम लेकालीले नेपालमा साहित्यिक पत्रकारिता मौलाउँदै गएको बताए।

कार्यक्रममा ओम श्रेष्ठ रोदन, राधा कार्की, पुष्प भट्ट, ज्योति जंगल, तुलसीहरि कोइराला, किशोर पहाडी, मीरा काफ्ले, सुमन वर्षा, सुमन सौरभलगायतले कथा वाचन गरेका थिए।
 

प्रकाशित: २१ चैत्र २०७४ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App