१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

बक्स अफिस जडान नगर्ने १९ हललाई पत्र

चलचित्र विकास बोर्डले विकास शुल्क नतिर्ने र बक्स अफिस जडान नगर्ने उपत्यकाबाहिरका १९ हललाई पत्र काटेको छ। बोर्डलाई तिर्न बाँकी रहेको चलचित्र विकास शुल्क नतिर्ने र बक्स अफिस जडान नगर्ने १९ वटा हललाई पत्र काटिएको जानकारी बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए।

पत्रमा विकास शुल्क र बक्स अफिस जडान छिटो गर्न भनिएको छ। बोर्ड अध्यक्ष दिनेश डिसीले अन्तिमपटक भन्दै ताकेतासहितको पत्र काटेको उल्लेख गरिएको छ।

बोर्डले लमजुङको अन्नपूर्ण चलचित्र मन्दिर, मलगंवाको पुष्प टाकिज, विराटनगरको विराट सिनेमा र हिमालय टाकिज, धनकुटाको सिबी सिनेमा, महेन्द्रनगरको सेती महाकाली टाकिज, सिरहाको बुद्ध सिनेमा, परासीको म्यांगो प्लेजर, हेटौंडाको नारायणी मल आचार्य प्लाजा र ओमेक्स चलचित्र मन्दिर, बुटवलको ब्लुमुन इन्टरटेनमेन्ट र द्वारिका उदय सिनेमालाई पत्र काटेको छ।

त्यस्तै आशा चलचित्र मन्दिर जनकपुर, जोशी टाकिज कैलाली, नुवाकोटको जगदम्बा चलचित्र मन्दिर, दाङको भीएफएक्स सिनेमाज् प्रालि, पोखराको हिमाज जादुज र वीरगन्जको बजरंगी पिक्चर्स प्रालिलाई समेत पत्र काटिएको छ। यसपटक अनुरोध नमाने कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत पत्रमा दिइएको बोर्ड प्रवक्ता बुढाथोकीले जानकारी दिए।

प्रकाशित: २५ भाद्र २०८१ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App