१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

खतरामा कङ्गनाको ‘इमरजेन्सी’

बलिवुड अभिनेत्री कङ्गना रनौतद्वारा अभिनित ‘इमरजेन्सी’ माथि खतरा बढ्न थालेको छ।

भारतको पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनमा आधारित ‘इमरजेन्सी’ को ट्रेलर रिलिज भएपछि विवाद सुरु भएको छ भने कङ्गनालाई ज्यानमार्ने धम्की पनि दिन थालिएको छ।

भारतको शिरोमणी दलको दिल्ली केन्द्रले ‘इमरजेन्सी’ विरुद्ध नाराबाजी सुरु गरेको छ। दलले कङ्गनाको प्रोडक्सन हाउस र सेन्सर बोर्डलाई पत्र पठाउँदै चलचित्रमा सिख सुमदायविरोधी गतिविधि समावेश गरिएको भन्दै सेन्सर सर्टिफिकेट रद्द गर्न भनेको थियो।

त्यसअघि कङ्गनालाई एकजना सिख सुमदायका व्यक्तिले ज्यानमार्ने धम्की दिएका थिए।

अब कङ्गनाले एक भिडियो सार्वजनिक गर्दै आफ्नो चलचित्रलाई दिइसकिएको सेन्सर सर्टिफिकेर रद्द गरिएको बताएकी छिन्। उनले आफ्नो चलचित्र सेन्सरमा पास भएपनि सेन्सर बोर्डका कर्मचारी र मलाई ज्यान मार्ने धम्की निरन्तर आइरहेकाले चलचित्रको सर्टिफिकेट रद्द गरिएको उनले बताएकी हुन्।

चलचित्रको ट्रेलस सार्वजनिक भएकै दिन पञ्जाबमा विरोध प्रदर्शन भएको थियो भने कङ्गनाको पुतला पनि जलाइएको थियो।

चलचित्रमा कङ्गना भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा रहेकी छिन्। जसमा विशेषगरी उनले भारतमा लगाएको इमरजेन्सीसँग सम्बन्धित घटनालाई देखाइएको छ।

उनको चलचित्र आउने शुक्रवार ६ सेप्टेम्बरमा रिलिज हुने भनिएको थियो। तर, अब चलचित्र रिलिज हुन्छ वा हुँदैन भन्ने अन्यौल उत्पन्न भएको छ।

प्रकाशित: १६ भाद्र २०८१ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App