१८ चैत्र २०८१ सोमबार
image/svg+xml १७:१२ अपराह्न
कला

डा.शिव सुवेदीको ‘म त तिम्रो हैन’ सार्वजनिक

गीतकार डा.शिव सुवेदीको नयाँ गीत ’म त तिम्रो हैन सार्वजनिक भएको छ। शुक्रवार  एक समारोहका बिच पूर्व कानुन तथा संघीय मामिला मन्त्री पदमकुमार गिरी र लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। कार्यक्रम गीतकार संघ नेपालको आयोजना गरेको हो।

उक्त गीतमा कुलेन्द्र विक र शान्तिश्री परियारको स्वर रहेको छ भने मौसम हिमालीले निर्देशन गरेको म्यूजिक भिडियोमा सनम कठायत, लोमस शर्मा र लालना चिमोरियाले अभिनय गरेका छन्।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री गिरीले गीतकार सुवेदीको गीत-संगीतमा रहेको लामो सक्रियताको स्मरण गरे। ‘उहाँको पुरानो गीत घाम जस्तो चम्किलो जून हुँदैन मुखमुखमा झुन्डिएको थियो’ उनले भने।

यो गीत उनले १७ वर्ष पहिला स्ववियु सभापति हुँदा सार्वजनिक गरेको स्मरण गरे। गिरीले सुवेदी अत्यन्त प्रतिभाशाली सर्जक रहेको बताए।

प्रतिष्ठानकी अध्यक्ष थापा मगरले डा. सुवेदीका गीतले लोक तथा दोहोरी गीतको गरिमा कायम राखेको बताइन्। थापाले युट्युबमा भ्यूज बढाउन मौलिकता हराइरहेको बेला यस्तो गीत आउनु सुन्दर पक्ष रहेको बताइन्।

उनले भनिन, ‘कसैले गरिदेला भनेर बस्ने होइन, आफ्नो तर्फबाट एक्सनमा उत्रिने हो, संस्थागत रूपमा हामी लागिरहेका छौं।’

स्वीजरल्याण्डबाट भूकम्प विषयमा विद्यावरिधि गरेका गीतकार सुवेदीले गीतसंगीतको क्षेत्र बिर्सिने चिन्ता लागिरहेको बेला नयाँ लोकगीत आउँदा खुशी लागेको उनले बताइन्।

गीतकार आनन्द अधिकारीले गीतमाथि समीक्षा गर्दै यो गीतमा गहिरो साहित्य, बिम्ब र स्पष्ट दर्शन भेटेको बताए। ‘लोक संगीत मुटु हो, शास्त्रीय गीत दिमागबाट बन्छ, लोकगीत मुटुबाट आउँछ’ उनले भने।

त्यस्तै समीक्षक बैकुण्ठ महतले गीतकार डा. सुवेदी गण्डक क्षेत्रको मौलिक शैलीलाई कायम राख्न सफल भएको बताए। ‘उहाँको गीत मौलिक र श्रवणीय बनेको छ’ उनले भने। गीतमाथि गीतकार आनन्द अधिकारी, राजकुमार बगर र बैकुण्ठ महतले समिक्षा गरेका थिए। 

प्रकाशित: २८ असार २०८१ ११:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App