१८ असार २०८१ मंगलबार
image/svg+xml
कला

स्मिताले गाइन् ‘ज्यानमाया’

प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी स्मिता दाहाल गायनमा सक्रिय छिन्। ‘मायालु तिमी कता छौं’, ‘मालिङ्गो’, ‘आँखामा गाजल’, ‘लुकाउने ठाँवै छैन’ आदि हिट गीत दिएकी गायिका दाहालले नयाँ गीत ‘ज्यानमाया’ बजारमा ल्याएकी छन्।

नवराज ढुंगानाको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन्। गीतको भिडियोभित्र प्रियंका कार्की र कविता नेपाली हिरोइनको भूमिकामा छन्। गायक तथा कलाकार सरोज वली भने सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा छन्। प्रियंका-सरोजले यसअघि ‘ए केटा मादलु पड्का’ मा सँगै अभिनय गरेका थिए।

प्रियंकासँगको सहकार्य दर्शकले रुचाएपछि नयाँ शैलीमा भिडियो निर्माण गरेको कलाकार वलीले बताए। भव्य सेट लगाएर निर्माण गरिएको यो भिडियो हेर्दा दर्शकलाई दक्षिण भारतीय फिल्मको झल्को दिन सक्छ।

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो छायांकन र सम्पादन पवन सुस्लिङ गरेका छन्। भिडियो निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक गम्भिर विष्टले गरेका छन्।  

प्रकाशित: १६ असार २०८१ १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App