१२ असार २०८१ बुधबार
image/svg+xml
कला

मस्कको तलब ५६ अर्ब!

यस्ताे पनि!

टेस्ला कम्पनीका संस्थापक इलन मस्कले सन् २०१७ यता कुनै पनि तलब लिएका छैनन्। सबै हिसाब किताब गर्दा उनले ५६ अर्ब डलरसम्म पाउन सक्ने दाबी केहीको छ। अदालतले भने उनले यति धेरै रकम लिन नपाउने भन्दै अड्काइदिएको छ। यस्तोमा उनका पक्षधर सेयर होल्डरहरूले उनले सो रकम पाउनुपर्ने भन्दै मतदान गरेका छन्।

उनको पक्षमा मतदान गराउन एक चर्चित अमेरिकी फन्ड म्यानेजर क्याथी वुडसमेत लागिपरेकी थिइन्। प्रायः ठूला कम्पनीका प्रमुख कार्यकारीहरूले तलब लिँदैनन्। तलबमा कम्तीमा ४५ प्रतिशत कर तिर्नुपर्छ। यसको साटो उनीहरूले सेयर मूल्यमा आफ्नो आम्दानी जोड्छन्। सेयर मूल्यमा तिर्नुपर्ने कर भने निकै कम हुने गर्छ।

सन् २०१७ यता उनले तलब तथा बोनस केही पनि लिएका छैनन्। जबकि उनको कम्पनीको सेयर एक हजार प्रतिशतले उच्च मूल्यमा बिक्री भइरहेको छ। यसअघि उनलाई दिइने यस्तो बोनस सेयर दिन नहुने भन्दै अदालतमा मुद्दासमेत परेको थियो।

सन् २०१८ मा ७३ प्रतिशत सेयरहोल्डर तथा लगानीकर्ताले उनलाई कम्पनीको मूल पुँजीको एक प्रतिशत स्टक सहुलियत दिने कुरामा राजी भएका थिए। त्यसका लागि मस्कले कम्पनीको आम्दानी बढाउनुपर्ने शर्त थियो। थोरै अवधिमै मस्कले तोकिएको लक्ष्य हासिल गरेका थिए। त्यसपछि झमेला सुरु भयो। डेलावेयर अदालतले सो निर्णयमा प्रक्रियागत त्रुटि रहेको भन्दै बोनस सेयर नदिन टेस्ला कम्पनीलाई आदेश दिएको थियो।

गत जुन १३ मा टेक्सस राज्यको अस्टिनमा टेस्ला कम्पनीको वार्षिक साधारण सभामा उनको बोनस सेयर पास गरियो। टेस्ला कम्पनीको बजार मूल्य ७३५ खर्ब डलर बराबरको उचाईमा पुर्‍याउने मस्कले कम्तीमा ४६ अर्ब डलर हात पार्ने छन्।

टेस्ला कम्पनीमा ५२ वर्षे मस्कको १३ प्रतिशत सेयर छ। उनी स्पेस एक्स नामक अन्तरिक्ष कम्पनीका प्रमुख कार्यकारी पनि हुन्। उनले पछिल्लो समय ट्वीटर किनेर एक्स नामकरण गरेका छन्।

यदि यो साधारणसभामा उनको नाफा बराबरको रकम ४६ अर्बदेखि ५६ अर्ब डलरसम्म पाए भने केमा खर्च गर्लान् ? के उनले ट्वीटर किन्दा लिएको ऋण तिर्लान्? उनले नयाँ योजना बुनेको कम्पनीमा लगानी गर्लान्? चासो सर्वत्र  बढेको छ।

प्रकाशित: ३ असार २०८१ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App