४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

प्रियंका र बेनिषा बोल्ड अवतारमा

अभिनेत्री प्रियंका कार्की र बेनिषा हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिषालाई अभिनयमा पुरुष मोडलको रुपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ दिएका छन् । भिडियोमा प्रियंका र बेनिषाको हट अवतार देख्न सकिन्छ ।

गोविन्द भट्ट यस गीतका गीतकार हुन्, भने बाबुल गिरी सङ्गीतकार । भिडियोमा प्रियंका र बेनिषासँग दुवैको जोडी सुहाएको देख्न सकिन्छ ।

गीतमा सङ्गीतकार गिरी र इब्सल सन्ज्यालको स्वर छ । गीतको एरेन्ज धनबहादुर गिरीले गरेका हुन् । गरिमा फिल्मस्ले निर्माण गरेको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

प्रकाशित: २५ जेष्ठ २०८१ १८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App