डान्सिङ रियालिटी सो ‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रसारण हुने भएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । सो एपिवान टेलिभिजनमार्फत प्रसारण हुने आयोजक आईडिए स्टुडियोले बताएको छ । सिजन टु मा सोलो, डुयल, ट्रियो र ग्रुपमा समेत प्रस्तुति गर्न पाइने बताइएको छ ।
प्रिमियरदेखि फिनालेसम्म निर्णायकले भिट्टो पावर लगाउन सक्ने व्यवस्था रहेको बताइएको छ । सोको लागि अडिसन राउन्ड सकिसकेको छ । कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीत, सङ्गीत, नृत्य र अभिनय सबै कलाकारिताका एक अर्काका परिपूरक भएको बताए। उनले अहिले पनि अवसर पाए नृत्य सिक्न मन रहेको बताए । उनले चलचित्रका लागि अहिले नृत्य सिक्नु अनिवार्य नै भइसकेको धारणा राखे । डान्स च्याम्पियन सिजन २’ सोमा कुनैपनि उमेर समूहकाले सहभागिता जनाउन सक्ने आयोजकले बताएको छ ।
प्रकाशित: २४ जेष्ठ २०८१ १९:३५ बिहीबार