१९ पुस २०८२ शनिबार
image/svg+xml
कला

पैसै ठूलो भन्नेहरू आज रोएर हिंडेको देखें!

मुक्तक

१) मुक्तक

पैसै ठूलो भन्नेहरू आज रोएर हिंडेको देखें,

मर्नै पर्दैन जस्तो गर्नेहरू घाट गएको देखें।

धनसम्पत्ति त यौटा जीवन जिउने साधन न हो,

मंगल-चन्द्र पुगेकाहरू आज धर्तीमै झरेको देखें।

२) मुक्तक

कुरा काट्ने र कुरा गर्ने धेरै छन् हजुर,

बलेको आगो मात्र ताप्ने जमात धेरै छन् हजुर।

बल्लबल्ल सकस गरी बालेको मैनबत्ती,

निभाउनेको ठूलै झुण्ड छ यहाँ हजुर।

३) मुक्तक

मन्दमन्द मुस्कानको झझल्को ल्याएँ,

हावा अनि बादलमा तिम्रै तस्वीर सजाएँ।

चारै धाम तिम्रै छायाँ मात्र छचल्काएँ,

कल्पनामा तिमीलाई कल्पीकल्पी आएँ।

४) मुक्तक

तिमीलाई पीडा दिन लाएको माया हैन,

तिम्रो मन दुखाउने कुनै मेरो इरादा छैन।

तिमी दुःखमा हुँदा रुने यो मनमुटु,

मेरो तनमनमा तिमी बाहेक कोही छैन।

५) मुक्तक

प्रेम भनेको यस्तै हुन्छ बल्ल थाहा पाएँ,

इतिहासमा पढेको भाव भोग्दै आएँ।

कल्पीकल्पी तिम्रै तस्वीर चारै दिशा घुम्छ,

सपनीमा पनि आज तिमीलाई नै पाएँ।

६) मुक्तक

सुस्तसुस्त गरी यो मन त्यतैतिर धाउँछ,

यस्सो बिर्सौ भनेको त तिम्रैतिर आउँछ।

जति बिर्सौं भन्छु त्यति याद आउँछ,

तिम्रै नाम मात्रले यो मन मुटु रमाउँछ।

प्रकाशित: ४ जेष्ठ २०८१ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App