२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

‘संस्कृत–सोपानम्’ लोकार्पण

संस्कृत भाषा सिकाइका लागि तयार पारिएको ‘संस्कृत–सोपानम्’ पुस्तकको लोकार्पण गरिएको छ।

योगराज सापकोटा परिकल्पनाकार र डा. छत्रपति दाहालद्वारा सम्पादित संस्कृत–सोपानम्’ को बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको हो।

विगत केही वर्षयता ‘संस्कृत भाषा सिकाइ अभियान’ मा समर्पित रहेका सापकोटाले सभ्यता र संकृतिको संरक्षणमा अहं भूमिका खेलेको भन्दै अक्षरा स्कुलकी निर्देशक तथा कार्यक्रमकी अध्यक्ष अन्जु भट्टराईले अभियानलाई सफल बनाउन आफू पनि पूर्ण समर्पित रहने प्रतिबद्धता जनाइन्।

‘संस्कार युक्त शिक्षा आजको आवश्यकता’ रहेको भन्दै उनले विद्यार्थीलाई व्यावहारिक सिकाइका साथै अध्यात्मसँग जोड्न ‘संस्कृत–सोपानम्’ उपयोगी रहेको र सापकोटासँग लामो समयदेखि सहकार्य गर्दै आइरहेको बताइन्।

कागेश्वरी मनोहरा नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र कार्कीले संस्कार युक्त शिक्षामा अक्षराको भूमिका र ‘संस्कृत–सोपानम्’ अभियानलाई संयोजन गरी नगरभित्रका सबै विद्यालयमा संस्कृत शिक्षा अनिवार्य गर्न आफूले पहलकदमी भूमिका खेल्ने बताए।

सभ्य समाज निर्माण गर्न संस्कृत वाङ्मयको विकासका साथै नयाँ पुस्तालाई अध्यात्म चिन्तनतर्फ आकर्षित गर्न ‘संस्कृत–सोपानम्’ एक अभियानका रूपमा रहेको उनको धारणा थियो।

‘सोपानम्’ मा संस्कृत भाषा–व्याकरणका सामान्य नियम, नीतिश्लोक, विभिन्न चाडपर्वसम्बन्धी आशीर्वाद दिने मन्त्र, दियो, कलश र गणेश पूजनविधि, अष्टाङ्ग योगको परिचय, आयुर्वेद चिकित्सा पद्धतिका साथै संस्कृत वाङ्मयभित्र रहेका वैज्ञानिक तथ्यहरू संकलन गरिएको छ।

कक्षा ३ देखि ७ सम्म पाँच शृंखलामा प्रकाशित ‘संस्कृत–सोपानम्’ काठमाडौंका करिब २५ वटा संस्थागत विद्यालयले पठनपाठन गराइहेका छन्। 

जरोकिलो प्रतिष्ठान नेपालले प्रकाशित गरेको ‘संस्कृत–सोपानम्’ पुस्तक लोकार्पण समारोहमा वाल्मीकि विद्यापीठका प्रमुख प्राध्यापक डा. भागवत ढकाल, प्राडा देवी नेपाल, उप–प्राध्यापक उपेन्द्र दाहाल, त्रिविका उप–प्राध्यापक आकाशनीलम् लगायत प्राज्ञहरूले संस्कार, संस्कृति, संस्कृत भाषा, यसको सामाजिक, व्यावहारिक र वैज्ञानिक पक्षलगायत विषयमा प्रष्ट पारेका थिए।

प्रकाशित: २२ चैत्र २०८० २२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App