२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘दिल रोएको बेला’ म्युजिक भिडियो सार्वजनिक

लक्ष्मण पोखरेलको संगीत रहेको ‘दिल रोएको बेला’ म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो अविदित फाउन्डेसनले सार्वजनिक गरेको हो।

नारायण रेग्मीको शब्द रहेको उक्त गीतमा स्वरुपराज आचार्य र अन्जु पन्तले स्वर दिएका छन्। नायिका शिल्पा पोखरेल र मोडल अनुजंग थापाको अभिनय रहेको छ। भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका छन्।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको छ। मुकेश हुमागाईको छायाकन, राहुल बराइलीको कोरियोग्राफ विनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेक अफ रहेको छ।

लामो समय जर्मनमा बसेर स्वदेश फर्किएका अनुजंग नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय आशालाग्दो अनुहारका रुपमा परिचित छन्। उनकै पहलमा अविदित फाउन्डेसनको स्थापना भएको हो। यस गीतबाट प्राप्त आम्दानीलाई सामाजिक कार्यमा खर्च गर्ने फाउन्डेसनका संस्थापक अनुजंगले बताए।

समयको लामो अन्तरालपछि नेपाली बजारले नयाँ चर्चित गीत पाएको निर्देशक कृष्णदेव रुपाखेतीले बताए।

प्रकाशित: १७ चैत्र २०८० १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App