२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

‘अश्वत्थामा’ मा बन्दै छन् शाहिद हिरो

फिल्म ‘अश्वस्थामा: द सागा कन्टिन्युज’ मा शाहिद कपुरको शीर्ष भूमिकामा देखिने भएका छन्।

मंगलबार बेलुका मुम्बईमा अमेजन प्राइम भिडियोले आयोजना गरेको ‘आर यू रेडी’ समारोहमा फिल्मबारे जानकारी दिइयो।

शाहिद कुनै पौराणिक कहानीको हिस्सा बन्न लागेको यो पहिलो पटक हो। हलमा रिलिज भएपछि फिल्म प्राइम भिडियोमा प्रसारण हुनेछ।

केही समय अघि शाहिदले आफ्नो आगामी फिल्मका लागि निर्माता वाशू भगनानीसँग हात मिलाएको खबर आएको थियो। यो खबरको पुष्टि बुधबार प्राइम भिडियोको कार्यक्रमले पनि गरेको छ। फिल्म निर्माता वाशु भगनानी र उनका छोरा ज्याकी भगनानी मिलेर बनाउने खबर आएका छन्। फिलम बृहत स्तरमा बन्ने र यसमा ग्लोबल भीएफएक्स टिमले काम गर्ने बताइएको छ।

यो फिल्मलाई लिएर यसअघि विक्की कौशल हुने चर्चा थियो। त्यतिबेला पोस्टर पनि सार्वजनिक भइसकेको थियो। तर यतिबेला निर्माता भगनानीले शाहिदलाई लिएर सबैलाई सरप्राइज दिएका छन्।

प्रकाशित: ७ चैत्र २०८० १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App