२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

पौडेलकाे हिन्दीमा अनूदित लघुकथासङ्ग्रह अन्तर्दृष्टि बजारमा

हेटौंडाका लघुकथाकार किशन पौडेलकाे हिन्दीमा अनूदित लघुकथासङ्ग्रह अन्तर्दृष्टि भर्खरै बजारमा आएको छ। हिन्दीमा अनूदित उक्त लघुकथासङ्ग्रह कथाकार पौडेलले आफैं अनुवाद गरेका हुन्। उनले आफ्ना नेपाली लघुकथाहरूमध्येबाट छानेर चालिस लघुकथाकाे अनुवाद गरेका हुन्।

मकवानपुरको हेटौंडामा २०२८ सालमा जन्मिएका पौडेल तीन दशकदेखि साहित्य सिर्जनामा समर्पित स्रष्टा हुन्। साहित्यका विविध विधामा कलम चलाउँदै आएका उनकाे यसअघि खुसी नामक नेपाली लघुकथासङ्ग्रह प्रकाशित छ।

केही पाठक र समीक्षककाे भनाइअनुसार उक्त संग्रह हिन्दी भाषामा लेखिएकाे पहिलो नेपाली लघुकथा कृति भएकाे र निकै चर्चामा आएकाे भनाइ छ।

कथाकार पौडेलले नेपाली साहित्यलाई विश्व साहित्यमा चिनाउन सानो कोसिसको रूपमा  नेपाली लघुकथाहरूको हिन्दीमा अनुवाद गरेकाे बताए।

लघुकथाको मापदण्डमा रहेर गहन चिन्तनका साथ लेखिएको अन्तर्दृष्टिका लघुकथाहरू दर्शन र विचारका दृष्टिकोणले पनि उम्दा रहेका छन्। फरक धार, नयाँपन र मौलिकता नै अन्तर्दृष्टिको विशेषता रहेको पाठक समीक्षहरूको विचार छ।

दिल्लीको पङ्ख प्रकाशनले प्रकाशन गरेको उक्त सङ्ग्रहमा भारतका वरिष्ठ लघुकथाकार समालोचक डा. बलराम अग्रवालको भूमिका रहेको छ।

प्रकाशित: २४ फाल्गुन २०८० १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App