२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

एक्काइसौं शताब्दीमा निगरानी र स्वतन्त्रता सार्वजनिक

एक्काइसौं शताब्दीको पहिलो साढे दुई दशकका विशेषताहरू चित्रण गरिएको ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक सार्वजनिक भएको छ।

नयाँ बानेश्वरस्थित उमोजा कफीमा एक समारोहबीच पुुस्तक सार्वजनिक गरिएको हो। वर्तमान समयमा डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुट्कारा पाउन आम मानिसले संघर्ष गरिरहेका छन्।

स्वतन्त्रता र निगरानीबीच आम मानिसले गरिरहेको त्यही संघर्ष देखाउने किताब हो ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता।’ किताबमा युभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका लेखहरु समेटिएका छन्।

पछिल्लो समयमा छापिएका यी ११ लेखकका लेखहरू रोहेज खतिवडाले नेपाली भाषामा अनुवाद गरेका हुन्। प्रविधिमा आधारित जायन्ट टेक कम्पनीको एकाधिकार र त्यसको संरक्षणका लागि उदाइरहेको फाँसीवादी सत्ताको गठजोडसँग आम मानिसको कस्तो संघर्ष हुन्छ भन्ने विषयहरू पुस्तकमा रहेको अनुवादक खतिवडाले बताए।

पुस्तक सार्वजनिक कार्यक्रममा कथाकुथुङ्ग्री समूहले किताब वाचन र अनुवादकसँग संवाद गरेको थियो। नीलाले क्यालिग्राफी गरेका थिए  र, द एरोइज ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो। पुस्तक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, लेखक नारायण वाग्ले लगायतको उपस्थिति रहेको थियो। पुस्तकलाई इन्डिगो इन्क प्रालिले बजारमा ल्याएको हो। यसको मूल्य ४४९/- रुपैयाँ रहेको छ।

प्रकाशित: २२ फाल्गुन २०८० ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App