२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

साहित्यकार रसिक ‘शरस रत्न भूषण पदक’ बाट सम्मानित

साहित्यकार जितेन्द्र रसिक ‘शरस रत्न भूषण पदक’ बाट विभूषित भएका छन्। शरस पाठशाला भक्तपुरको सत्रौं अभिभावक दिवसको अवसर पारेर पाठशालाले साहित्यकार रसिकको साहित्यिक योगदानको कदर गर्दै पदकले विभूषित गरेको हो।

साहित्यमार्फत मानिसलाई जीवन र जगत बुझाउन सक्षम मात्र नरही शैक्षिक क्षेत्रमा समेत योगदान दिंदै आएका रसिकको साहित्यिक योगदानको कदर गर्दै पाठशालाले ‘शरस रत्न भूषण पदक’ ले विभूषित गरेका शरस पाठशालाका संस्थापक इन्द्रप्रसाद खाइतुले बताए।

पृथक् क्षमता भएका बालबालिकाका लागि स्थापित शरस पाठशालाले मुलुकमा सञ्चालित सामुदायिक र निजी विद्यालयको भन्दा फरक र जीवनोपयोगी शिक्षा नीति अवलम्बन गर्दै शिक्षण गर्दै आएको छ।

पदकबाट विभूषित सर्जक रसिकका हृदयस्पर्शी छालहरू (गजलसङ्ग्रह,२०६३), तारापुञ्ज (फाँचलसङ्ग्रह,२०६५), एलियनको पृथ्वी भ्रमण (बालकथासङ्ग्रह,२०७२), काफिया (गजलसङ्ग्रह, २०७३), हावा फल्ने रुख (बालचित्र कथा, २०७३), लज्जावती (उपन्यास,२०७३),  एङ्ग्री बर्ड (अंग्रेजी बालकथासङ्ग्रह,२०७४), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली, २०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी, २०७६), पब्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाइ पुस्तक,२०७७), बेलबहादुरसँग बिहे (बाल चित्रकथा २०७७), गुलेली (बालकथासङ्ग्रह, २०७७), हनुमानको करामत (बालचित्रकथा,२०७८), ‘गजल ऐ महफिल’ संयुक्त गजलसङ्ग्रह, २०७९), सत्यको खोज (२०८०) र युगको तेज (२०८०) सहित १६ कृति प्रकाशित छन्।

उनले गीत संगीतको क्षेत्रमा योगदान गरेका छन्। उनका गीतहरू तिम्लाई निथ्रुक्कै रुझायो झरीले, गजल २०६७ (एल्वम बदनाम), अधुरो सपना (चलचित्र अधुरो सपना शीर्ष गीत २०७०), तिमी कहाँको म कहाँको मैच्याङ (सेलो गीत, २०७१), पिरती गासौं ( पिरती गासौं एल्वम शीर्ष गीत, २०७१ ), विनाशकारी भुइँचालो सेलो गीत (२०७२), जवानीको झोंक गजल २०७४ (एल्वमः सम्मान), कक्टेल जवानी, गजल २०७७ र  आउ अलि धेरै माया, आधुनिक गीत (२०७८) रेकर्ड भएका छन्।

प्रकाशित: २१ फाल्गुन २०८० ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App