४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

बन्दा बन्दैको पुल नै ढल्छ!

मुक्तक

(१) मुक्तक

विना कारण कुनै युद्ध हुँदैन,

दुधले नुहाउँदैमा शुद्ध हुँदैन।

बुद्ध हुन त बुद्धत्व हुनुपर्छ,

पहिरिंदैमा वस्त्र बुद्ध हुँदैन।

(२) मुक्तक

स्वार्थको सम्बन्ध धमिलो हुन्छ,

जोडिएमा धन झन् अमिलो हुन्छ।

चोट दिनलाई हात्ती नै चाहिन्न,

काफी एउटा चोर कमिलो हुन्छ।

(३) मुक्तक

बन्दा बन्दैको पुल नै ढल्छ,

मन्त्रीकै गाडी सडकमा जल्छ।

त्यही हो शान्ति क्षेत्र मेरो देश,

जहाँ बेलाबखत गोली चल्छ।

(४) मुक्तक

नारा शान्तिको रेटिन्छ यहाँ,

टोलटोलमै सहिद भेटिन्छ यहाँ।

डरचाहिं एउटै लाग्छ हजुर,

कहिले अस्तित्व मेटिन्छ यहाँ।

(५) मुक्तक

यदाकदा सक्रिय हुन्छ मनसुन त,

सदाबहार नै देखियो भनसुन त।

सके विकास गर्ने हो नसके सुधार,

जसले नि गरिहाल्छ तानतुन त।

प्रकाशित: १९ फाल्गुन २०८० ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App