१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न

खोटाङको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिका लागि तथा सो क्षेत्रको अन्तर्राष्ट्रिय प्रचार गर्न हालै काठमाडौँको नेपाल आर्ट ग्यालरीमा वृहद् चित्रकला प्रदर्शनी सम्पन्न भयो।

फागुन ५ देखि १७ गतेसम्म सम्पन्न सो प्रदर्शनीमा १४ देशका ४१ भन्दा बढी चित्रकारले मन्दुम अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला प्लेन एयर कार्यशालामा सहभागी भएर बनाएका दुई सय ३ चित्रहरू राखिएका थिए।

प्रदर्शनीलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रममा सहभागी चित्रकारहरूलाई सम्मान गरी समापन गरेका थिए।

खोटाङले लैनसिं बाङ्देलको पुर्ख्यौली थलोलाई अपनत्व ग्रहण गर्दै खुला चित्रकला कार्यशाला आयोजना गर्दा सिर्जना गरिएका चित्रकलाहरू यस प्रदर्शनीमा राखेको हो।

प्रकाशित: १७ फाल्गुन २०८० १६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App