२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml ५:४० पूर्वाह्न
कला

पन्ध्राै राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न: आँधीको मनोरम नृत्य उत्कृष्ट

पन्ध्राैं राष्ट्रिय बालनाटक महोत्सव २०८० सम्पन्न भएको छ। प्रतियोगिता फागुन २ गतेबाट शुरू भएको हो।

शैली थिएटर, रूसी सदन, संस्थागत विद्यालय एसोसिएसन नेपाल तथा ओजस थिएटर एण्ड फिल्म स्टुडियोको आयोजना तथा चलचित्र विकास बोर्डको विशेष सहकार्यमा  राष्ट्रिय बालनाटक महोत्सव भएको हो।

उक्त प्रतियोगिताको समापनको प्रमुख अतिथ्य अशेष मल्लले गरेका थिए भने निर्णायकको भूमिकामा किशोर अनुराग र बाबा बस्नेत रहेका थिए।

उक्त बालनाटक महोत्सवमा उत्कृष्ट नाटकका रूपमा माउण्ड हार्मेन चिल्ड्रेन एकेडेमी मोरङको नाटक ‘आँधीको मनोरम नृत्य’ रहेको थियो। जस्लाई घिमिरे युवराजले लेखेका थिए भने प्रेमप्रसाद खतिवडाले निर्देशन गरेका थिए।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट नाटक निर्देशक रूपमा एलिट ग्रान्ड स्कुल चुच्चेपाटी चावहिलको नाटक अनिश्चित सोच २११२ बाट इच्छा सिंह पुरस्कृत भएका छन्।

त्यस्तै बालनाटक महोत्सवमा नाटक विधातर्फ अनुशासन पुरस्कार होली एन्जल पब्लिक स्कुल गोकर्णेश्वरको नाटक ‘हेप्पी बर्थडे’ ले पाएको छ भने बालनाटक प्रोत्साहन पुरस्कार यू वेष्ट प्वाइन्ट आ।मा।विको नाटक ‘विकाससँगै विकृति’ ले पाएको छ।

त्यस्तै नाटक विधातर्फकै उत्कृष्ट अभिनेत्री तर्फ ब्राइट फ्युचर सेकेन्डरी स्कुलको नाटक ढुङ्गाको खिचडीबाट ‘दिव्यान्का ओझा’ ले पुरस्कृत भएकी छन् भने अभिनेतातर्फ आकाशगंगा इन्टरनेसनल स्कुलको नाटक मुकुटबाट ‘यमन नगरकोटी’ पुरस्कृत भएका छन्।

त्यस्तै वेष्ट ओर्जीनल राईटिङ अवार्डबाट काठमाडौं प्रज्ञाकुञ्ज स्कुलको नाटक ‘फुलको भाषा’ ले पाएको छ भने, वेष्ट कल्चरल अवार्ड रेडस्टार बोर्डिङ स्कुल मोरङको नाटक ‘हेत्छाकुप्पा’ ले पाएको छ।

त्यस्तै प्रतियोगितामा एभरेष्ट स्कुल भक्तपुरले  लोकप्रिय नाटक (पब्लिक च्वाईस अवार्ड) पुस्कार प्राप्त गरेको छ।

बेष्ट भोलिन्टियर चोइस अवार्ड लोयला सेकेन्डरी स्कुलको नाटक ‘देवकी’ ले पाएको छ भने, बेष्ट इन्सेम्बल अवार्ड निसर्ग बाटिकाको नाटक ‘ड्याम भर्सेस मम’ ले पाएको छ।

  

त्यस्तै प्रतियोगितामा विभिन्न सहभागी विद्यालयहरूलाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो।

कार्यक्रममा बोल्दै साहित्यकार महेश पौड्यलले १५ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आएको नाटकको सफलतासँगसँगै अनवरत निरन्तरताको कामना गरेका थिए।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि अशेष मल्लले विद्यार्थीमा भएको नाट्य प्रतिभा सधैं अमर रहने विश्वास व्यक्त गरेका थिए।

उक्त नाटक महोत्सवमा विभिन्न प्रतियोगि तथा अप्रतियोगी गरेर २७ नाटक मञ्चन भएका थिए भने विभिन्न विद्यालयको सहभागिता रहेको थियो।

१५ वर्षदेखि विभिन्न संघसंस्थाको सहकार्यमा शैली थिएटरले राष्ट्रिय बालनाटक महोत्सव गर्दै आइरहेको छ।

प्रकाशित: ११ फाल्गुन २०८० १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App