१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

भित्री दर्शन

लघुकथा

‘तेरो  छोरो जहिले पनि बाउआमासँग मुख मुखै लाग्छ। त्यस्तो छोराले केही गर्दैन। बरु मुढाले ताप दिन्छ। त्यस्ताले सन्ताप मात्र दिन्छ।’ फुर्वा लामाले अचानक फड्कारे।

‘आम्बो! मेरो छोरो त भगवान् जस्तो छ। जे मैले भन्यो त्यही गर्छ।’ पारुहाङ लिम्बुले अर्को भेद खोलिन्।

रुपलाल विश्वकर्माले सोधिहाले, ‘गर्नचाहिं के गर्छ?’

पारुहाङले भने,  ‘के गर्नु र? खेतीपातीको काम गर्छ।’

रुपलाललाई चित्त बुझेन। उनले थपे, ‘परम्परा धान्ने आज्ञाकारीहरू ठिक ठिकै जीवन जिउँछन्। प्रगति गर्दैनन्।’

त्यही त विश्वलालजी, मेरो छोराले मास्टर सक्यो। पुरातन मान्दैन। दर्शनको  विषय अघि सार्छ। विज्ञान र मार्क्सवादमा मात्र जोड दिन्छ।’ श्रीरामले यसरी छोराको परिचय खोले।

पछिल्लो क्रममा देशले खासै प्रगति किन गरेन? पुरातनवादी सोच या परम्परा भएर हो कि या दर्शन नबुझेर? बहस यिनै प्रश्नमा केन्द्रित रह्यो।

कविले एकता दिवस गलत हो भन्नलाई रणबहादुरको विषय तन्काए। घुमाएर इन्कार गरे।

अनेकतामा एकता खोज्दै एक विद्वानले छलफल अन्त्य गरे, ‘दर्शनले आमाबुवाप्रति आज्ञाकारी नबन्नुस् भन्दैन। बरु  निर्णयको विषयमा तर्कको छुट छ। गलत भए नसुन भन्छ। तर्क गरेर  प्रमाणित गर भन्छ। अनि यो पनि हो कि! आधुनिक बन्न हजुरबा बेवकुफ हुन्। म मात्र ठिक हुँ भन्दैन।’

- बालकृष्ण गजुरेल 

प्रकाशित: ६ फाल्गुन २०८० १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App