१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

मोतीभन्दा झनै राम्रो उनको दिव्य ज्योति!

गीत

तारा हेरें जून हेरें, हेरें हीरामोती,

मोतीभन्दा झनै राम्रो उनको दिव्य ज्योति।

घामभित्र घामको धब्बा जूनभित्र जूनको,

तर कुनै खोट छैन जुनीजुनी उनको।

घाम हेरें फूल हेरें, हेरें हीरामोती,

फूलभन्दा झनै राम्रो उनको दिव्य ज्योति।

फूलभित्र बास्ना छैन सूनमा छैन रङ्ग,

मगमगाउँछन् चम्किरहन्छन् उनका सबै अङ्ग।

हिम हेरें झरना हेरें, हेरें हीरामोती,

मनैभित्र चम्किरहने उनको दिव्य ज्योति।       

प्रकाशित: ६ फाल्गुन २०८० १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App