१७ असार २०८१ सोमबार
image/svg+xml
कला

बलिवुडका डिस्को किङ्ग मिथुन चक्रवर्ती अस्पताल भर्ना

बलिवुड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन्। चलचित्र सुटिङ्गको क्रममा ब्रेन स्ट्रोक आएपछि ७३ वर्षीय मिथुनलाई शनिवार अस्पताल भर्ना गरिएको हो।

उनको उपचार कोलकोत्ताको एक निजी अस्पतालमा भइरहेको पारिवारिक स्रोतले बताएको छ।

अस्पतालले जारी गरेको वक्तव्य अनुसार मिथुनलाई स्ट्रोक आएको र उपचार भइरहेको छ। चिकित्सकका अनुसार मिथुनलाई इस्केमिक सेरेब्रोभास्कुलर स्ट्रोक आएको हो। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

चिकित्सकको निगरानीमा रहेका मिथुनलाई बलिवुडको डिस्को किङ्ग भनेर चिनिन्छ।

बलिवुडमा थुपै्र हिट चलचित्र दिएका मिथुन भारतमा हुने आगामी निर्वाचनमा भारतीय जनता पार्टीको तर्फबाट कोलकोत्ताबाट सांसदका लागि लड्ने तयारीमा छन्।

प्रकाशित: २८ माघ २०८० ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App