१२ असार २०८१ बुधबार
image/svg+xml
कला

'फाइटर' लाई यी देशहरुले लगाए प्रतिबन्ध

ऋतिक रोशन र दीपिका पदुकोणको एरियल एक्शन फिल्म फाइटर यतिबेला निकै चर्चामा छ। बिहिबारदेखि फिल्म सिनेमा हलमा आउँदै छ।

फिल्मले एड्भान्स बुकिङमा पनि शानदार कलेक्सन गरिरहेको छ। यसैबिच ऋतिक रोशनको फिल्मलाई मध्य पूर्वका कयौँ देशमा भने प्रतिबन्ध लगाइएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार युएई बाहेक मध्य पूर्वका सबै देशमा फिल्म प्रतिबन्ध लगाइएको हो। बहराइन, कुवेत, कतार, साउदी अरब, युनाइटेड अरब अमीरात, ओमानजस्ता देशमा प्रतिबन्ध गरिएको छ। तर किन प्रतिबन्ध गरिएको भन्ने खुलासा गरिएको छैन।

फिल्म जनवरी २५ मा रिलिज हुँदैछ। फिल्म भारतीय हवाई सैन्य बलमाथि बनेको हो। फिल्ममा ऋतिक र दीपिका बाहेक अनिल कपूर, किरण सिंह ग्रोवर र संजीदा शेख जस्ता कलाकार छन्। फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरेका हुन्।

प्रकाशित: १० माघ २०८० ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App