१७ असार २०८१ सोमबार
image/svg+xml
कला

किन ट्रोल हुँदै छ रणवीरको अयोध्याको तस्बिर ?

सोमबार अयोध्यामा राम मन्दिरमा भगवान् रामको बालक प्रतिमूर्तिको प्राण प्रतिष्ठा भयो। सो समारोहमा ठूलो संख्यामा दर्शनार्थीहरु पुगेका थिए।

उक्त समारोहमा व्यापारीहरू, अभिनेता–अभिनेत्रीदेखि देश विदेशका दर्शनार्थीहरु पुगेका थिए। सोही अवसरमा भारतीय फिल्म उद्योगका रियल जोडी आलिया भट्ट र रणवीर कपूर पनि पुगेका थिए। त्योसँगै अर्का रियल जोडी कट्रिना कैफ र विकी कौशल।

रामको दर्शन गर्न बसेका कट्रिना कैफ र आलिया भट्टको बीचमा रहेका रणवीर कपूरको तस्बिर अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ। दर्शनका लागि लाइनमा बसिरहेका उनीहरूको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा रणवीर र आलिया दुवै लाइनमा देखिन्छन्। दुवै जना बिस्तारै बिस्तारै अगाडि बढिरहेका छन्।

रणवीरले आलियालाई पछाडिबाट समातेका छन्। भिडमा बिस्तारै अघि बढिरहेका छन्। आलियाको अगाडि अभिनेत्री माधुरी दिक्षित र उनको पति श्रीराम नेने छन्। यहाँ रोचक कुरा चाहिँ के देखियो भने लाइनमा रणवीरको पछाडि कट्रिना छिन्। कट्रिना र रणवीरको बिचमा निकै ग्याप देखिन्छन्। कट्रिनालाई छोइएला कि भनेर रणवीर बेला बेलामा पछाडि फर्किएर हेरिरहेका छन्।

कट्रिनाको पछाडि उनको पति विकरकी कौशल छन्। विकरकी लाइनमा कट्रिनालाई समातेर उभिएका छन्। 

कुनैबेला रणवीर कट्रिनासँग अफेयरमा रहेका थिए। पछि भने रणवीरले आलियासंग विवाह गरे। अहिले यी दुईको छोरी जन्मिएकी छिन्।  

प्रकाशित: १० माघ २०८० ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App