२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

स्रष्टा सम्मान गर्दै ज्योतिले मनायाे वार्षिकाेत्सव

ज्योति साहित्य प्रतिष्ठानले आफ्नाे सत्रौं वार्षिकोत्सवको अनामनगर, काठमाडौंमा मनाएको छ। प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा विशिष्ट साहित्यकारहरूलाई सम्मान अर्पण र विशेष कविता वाचनको कार्यक्रम रहेको थियो।

प्रमुख अतिथि विश्व कवि प्रा तुलसी दिवस, विशिष्ट अतिथि शिखर कवि शैलेन्द्र साकार, प्राडा गोविन्दमान सिंह कार्की र ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको उपस्थितिमा खादा र रुद्राक्षको माला लगाई घनश्याम राजकर्णिकार, डा. भरतकुमार भट्टराई र श्रीओम श्रेष्ठ रोदनलाई ज्योति साहित्य सम्मान अर्पण गरिएकाे थियाे।

त्यस्तै उनीहरूकै उपस्थितिमा खादा र रुद्राक्षको माला लगाई जलेश्वरी श्रेष्ठ र सन्ध्या पहाडीलाई ज्योति स्रष्टा सम्मान अर्पण गरिएकाे थियो।

प्रमुख अतिथि तुलसी दिवसले कार्यक्रमका सभाध्यक्ष मणिराज सिंह शारीरिक रूपले अहिले अलिक बिस्तारै हिंडे पनि साहित्यिक कार्यक्रमलाई दौडाएर नै लगेको देखेर आफू जति व्यस्त भए पनि खुसी हुँदै कार्यक्रममा आउने गरेको बताए। उनले नयाँ पिढीलाई अक्षर खेती गर्नुपर्छ र अक्षर खेती गरेर पनि निकै अगाडि पुग्न सकिन्छ भन्दै उदाहरणकाे रूपमा आफूलाई पेश गरेका थिए।

विशिष्ट अतिथि शिखर कवि शैलेन्द्र साकारले यस्ता विशिष्ट हस्तीहरूलाई सम्मान गर्न पाउँदा आफू नै सम्मानित भएको अनुभव गरेका थिए। उनले सम्मानले स्रष्टामा थप ऊर्जा प्रवाह गर्छ भन्ने मन्तव्य व्यक्त गरेका थिए।

उक्त अवसरमा सम्मानित प्रतिभाहरूले खुशी व्यक्त गर्दै यस्ता सम्मानले थप हौसला प्राप्त भएको कुरा व्यक्त गरेका थिए।

कार्यक्रममा कविहरू- शैलेन्द्र साकार, बुद्धिमान महर्जन, नीरा श्रेष्ठ, कुमार नेपाल, रुविना राना मगर र जुमन किरणले आआफ्नो रचना वाचन गरेका थिए।

ज्योति साहित्य प्रतिष्ठानले आफ्नो सत्रौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि, प्राडा गोविन्दमान सिंह कार्की, पत्रकारहरू-राजेश खनाल, श्रीराम राई र इना महर्जनलाई मायाको चिनो प्रदान गरिएको थियो।

सम्पूर्ण कार्यक्रम सुधा मिश्रले प्रभावकारी रूपमा संचालन गरेकी थिइन्। उनले मैथिली भाषामा कविता पनि वाचन गरेकी थिइन्।

आफू यसरी नै साहित्यिक गतिविधिहरूलाई निरन्तरता दिइरहने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू लिएर आउने छु भन्दै प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले कार्यक्रमलाई समापन गरेका थिए।

प्रकाशित: २७ पुस २०८० ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App