५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

के विवाह गर्दै छन् विजय र रश्मिका ?

दक्षिण भारतीय अभिनेता विजय देवराकोन्डा र अभिनेत्री रश्मिका मन्दनाले विवाह गर्न लागेको खबर चर्चामा छ।

भारतीय सञ्चार माध्यमहरुले विजय र रश्मिकाले फेब्रुअरीको दोस्रो सातामा इन्गेजमेन्ट गर्ने बताएका छन्। उनीहरू यही वर्ष बिहे गर्ने तयारीमा रहेको सञ्चार माध्यमहरुले बताएका छन्।

त्यसो त दिपावली मनाउन रश्मिका विजयको घरमा समेत पुगेकी थिइन्। उनीहरुले संगै दिपावली मनाएका थिए। त्योसंगै उनीहरू धेरैपटक सँगै देखिएका छन्। 

रश्मिका र विजय 'गीता गोविन्दम' र 'डियर कमरेड' फिल्ममा देखिएका थिए। उनीहरुको जोडिलाई दर्शकहरुले मन पनि पराएका थिए।

यतिबेला रश्मिका अभिनीत फिल्म 'एनिमल' प्रदर्शन भइरहेको छ। फिल्मले राम्रै कमाइ गरिरहेको छ। अहिले भने रश्मिका अल्लु अर्जुनसँग फिल्म 'पुष्पा २' को छायांकन गरिरहेकी छन्।

प्रकाशित: २४ पुस २०८० ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App