१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

उपन्यासकार सर्वहारी र गायक वैद्य पुरस्कृत

वरिष्ठ गायक योगेश वैद्य /उपन्यासकार डा. कृष्णराज सर्वहारी

प्रसिद्ध उपन्यासकार धुस्वां साय्मिको नाममा स्थापित दुई पुरस्कारमध्ये उपन्यास विधामा प्रदान गरिने ‘गंकी धुस्वां वसुन्धरा पुरस्कार’ यस वर्ष थारू भाषाका उपन्यासकार डा. कृष्णराज सर्वहारीलाई प्रदान गर्ने निर्णय भएको छ।

त्यस्तै ‘धुस्वां साय्मि सिर्जना पुरस्कार’ वरिष्ठ गायक एवं संगीतकार योगेश वैद्यलाई प्रदान गर्ने निर्णय भएको छ। गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानका अध्यक्ष डा. अरूण साय्मिको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

गंकी धुस्वां वसुन्धरा पुरस्कार नेपाली, नेपाली भाषालगायत नेपालका विभिन्न मातृभाषामा लेखिएको उपन्यास विधाका लागि हरेक दुई वर्षमा प्रदान गरिन्छ। यस वर्ष थारू भाषामा दुई उपन्यास लेखिसकेका उपन्यासकार सर्वहारीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो।

त्यस्तै धुस्वां साय्मि सिर्जना पुरस्कारबाट पुरस्कृत वरिष्ठ गायक यागेश वैद्यका नेपाली र नेपाल भाषामा सयौं गीत रहेका छन्। उपन्यास विधाका लागि प्रतिष्ठानले विमल भौकाजीको संयोजकत्वमा नवीन चित्रकार र सुरेश किरणसहित गठन गरेको उपसमितिले सर्वहारीको नाम सिफारिस गरेको हो भने संगीत विधाका लागि हरिहर शर्माको संयोजकत्वमा प्रतिसरा साय्मि र प्रकाश जिसीसहित गठन गरेको अर्को उपसमितिले वैद्यको नाम सिफारिस गरेको हो।

पुरस्कार यही आउँदो माघ १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच प्रदान गरिनेछ। दुवै पुरस्कार ५० हजार रूपैयाँ राशिका रहेका छन्।  

प्रकाशित: २१ पुस २०८० ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App