६ चैत्र २०८० मंगलबार
कला

टुट्यो प्रियंकाको प्रेम

मुम्बई– बलिउडकी देशी गर्ल प्रियंका चोपडा यतिबेला हलिउडमा व्यस्त छिन् । हलिउडमा व्यस्त भए पनि उनको प्रेम सम्बन्ध, विवाहको विषयले चर्चा पाइरहेकै छ । विगतमा उनको नाम बलिउडका कलाकार अक्षय कुमारदेखि लिएर शाहरुख खानसम्म जोडिइसकेको छ । प्रेमको बारेमा खुलेर कुरा नगर्ने प्रियंकाले यसपटक बने आफ्नो ब्रेकअप प्रेमबारे मुख खोलेकी छन्।

उनले ब्रेकअपसँगै आफ्नो विवाहको विषयलाई पनि व्यक्त गरेकी छन् । ‘म जिन्दगीमा एकपटक मात्र विवाह गर्ने कुरामा विश्वास गर्दछु । म एउटा गहिरो सम्बन्धमा थिएँ । तर एक वर्षयता चाहिँ म सिंगल नै छु,’ उनले भनेकी छन्, ‘मैले कैयौं व्यक्तिलाई भेटेकी छु र कैयौं व्यक्तिसँग ह्याङआउट पनि गरेकी छु । मानिसहरुले मलाई प्रभावित पारुन् भनेर म मौका दिन्छु । तर अहिलेसम्म मलाई सम्झिने कोही पनि आएनन्।’

उनले आफूसँग राम्रा पुरुष भएर पनि डेट गर्ने मुडमा नरहेको उनले खुलाएकी छन् । ‘मसँग राम्रो केटा पनि छन् । तर म कसैसँग डेटको मुडमा छैन,’ उनले भनेकी छन्, ‘म फेरी मेरो भाग्यको परीक्षा गर्न चाहन्नँ । म धेरै लामो समयपछि सिंगल भएकी हुँ।’

उनले हलिउड प्रोजेक्ट ‘क्वान्टिको’मा काम गर्दा पनि कुनै सह–कलाकारसँग डेट नगएको दाबी गरेकी छन् । ‘उनीहरू सबै विवाहित छन् । तर मैले एक हलिउड कलाकारसँग केही दिन डेट गरेको थिएँ । तर त्यसलाई अगाडि बढाउन सकिनँ । अगाडि बढाएको भए यतिबेला सबैलाई थाहा भइहाल्थ्यो नि,’ उनले भनेकी छन् ।

प्रकाशित: २८ माघ २०७४ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App