१२ असार २०८१ बुधबार
image/svg+xml
कला

‘आशिकी ३’ मा कार्तिक आर्यनकाे जोडी तृप्ति डिमरी

फिल्म एनिमलबाट चर्चामा आएकी अभिनेत्री तृप्ति डिमरी ‘आशिकी ३’ मा कार्तिक आर्यनसँग देखिँदै छिन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार फिल्ममा कार्तिक आर्यनको अपोजिटमा अभिनेत्री तृप्ती डिमरी देखिने भएकी हुन्।

रणवीर कपूरको फिल्म एनिमलमा छोटो तर महत्त्वपूर्ण भूमिकामा देखिएकी तृप्तिले निकै वाहवाही बटुलेकी थिइन्। फ्यानहरूले उनलाई ‘नेशनल क्रश’ नै घोषित गरिदिएका थिए।

अनुराग बासुले निर्देशन गर्न लागेको आशिकी ३ मा कार्तिक र तृप्तिको जोडिलाई दर्शकले रुचाउनेमा मेकरहरु विश्वस्त छन्।

कार्तिक र डिमरी जोडी बनेर फिल्ममा पहिलो पटक देखिने छन्। आशिकी ३ बाहेक कार्तिक भुलभुलैया फ्रेन्चाइजीमा पनि काम गरिरहेका छन्। यो फिल्मलाई आगामी वर्ष दिवालीमा रिलिज गरिँदैछ।

अनुराग बसुले निर्देशित गर्ने यो फिल्म सन् २०२४ को पहिलो चौमासिकदेखि छायाङ्कनमा जाने बताइएको छ।

प्रकाशित: ११ पुस २०८० ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App